जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । बिहीबार बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । 

बिहीबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख गरिएको छ । 

राति  देशभर आंशिक देखि सामान्य बदली  रहने र  देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि