मंसिर ०७, २०८१, शुक्रबार
               

वैशाख १५ पछि लकडाउन तीन किसिमकाे हुनसक्ने !

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

नेपालमा पछिल्लो आरडिटी रिपोर्ट तथा कोरोना संक्रमणकाे अवस्थाले  सरकारकाे पूर्वतयारी अपर्याप्त देखिएपछि स्वास्थ्य तथा मन्त्रालयले नयाँ रणनीति बनाउन बुधबार विज्ञहरुकाे राय लिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितकाे उपस्थितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला, अर्जुन कार्की, महेश मास्के, शरद वन्त, सुशन मराठ्ठा, डा. लोचन कार्की अनुप सुवेदीलगायतका विज्ञहरुकाे टोलीले सरकारले आफ्नो रणनीतिमा थोरै परिवर्तन गर्नुपर्ने निश्कर्ष निकालेका छन् । 

उनीहरूका रायअनुसार अब आशंकित समुदायका पुरै मानिसको र्‍यापिड टेस्ट गर्नु पर्नेछ । समुदायमा जाँच गर्दा कसैलाई पोजेटिभ देखियो भने पुरै समुदाय सिल गर्ने सुझाव दिएका छन् । 

साथै वैशाख १५ गतेपछि लकडाउनको मोडल फरक हुनसक्छ । एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएमा समुदाय नै सिल गरेर सबैको परीक्षण गर्नुपर्ने निष्कर्ष विज्ञहरूको छलफलले निकालेको छ । कोरोनाको नतिजाका आधारमा मार्किङ गर्ने बाटो हुनसक्ने सुझाव दिएका छन् । यसरी परीक्षण गरेपछि रेड, एल्लो र ग्रिन जोन गरेर मार्किङ गर्ने भनिएको छ ।

रेड जोन निर्धारण गरेको क्षेत्रमा लकडाउन कडा गर्ने । एल्लो जोनमा अलिक खुकुलो बनाउने र ग्रिन जोनमा झन् खुकुलो बनाउने सुझाव दिएका हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि