झापा । बुधबार झापामा पनि र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा एक युवकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
होम क्वारेन्टाइनमा बसेका झापा हल्दिबारीका एक युवकमा काेराेना पाेजेटिभ देखिएकाे हाे । ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्।
आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइएको छ । युवकमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकामा त्रास फैलिएको छ।