मंसिर ०७, २०८१, शुक्रबार
               

सनसिटी अपार्टमेन्टमा २९६ को र्‍यापिड टेस्ट, यस्तो आयो रिपोर्ट

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।

अपार्टमेन्टमा बुधबार बिहान ९ः३० बजे देखि र्‍यापिड टेस्ट गरिएको थियो ।

उक्त अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा कोरोना भाइरस संक्रमण देखिएपछि यापिड टेस्ट गरिएको हो ।

ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिकाले जानकारी दिएको छ ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि