जेठ ०४, २०८१, शुक्रबार
               

सनसिटी अपार्टमेन्टमा सुरु भयो 'र्‍यापिड टेस्ट'

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड डाइगोनेस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ ।

बुधबार बिहानदेखि (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

आज (बुधबार) ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गरिने बताइएको छ ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर परीक्षण भइरहेको छ ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि