जेठ ०४, २०८१, शुक्रबार
               

आरडिटी टेस्टः गोरखाका एक युवामा कोरोना पोजेटिभ

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

गोरखा । गोरखाका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ ।  

आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय  युवामा कोरोना पोजेटिभ देखिएको हो ।

उनी गत फागुन २३ गते बहराइनबाट नेपाल आएका थिए । विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो।

उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ। 

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनी बिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। 

यसैबीच, उनीसँगै विदेशबाट आएका अर्का एक व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ।


कस्तो लाग्यो ?

यो पनि