जेठ ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

अहिले (बुधबार बिहान) देशको मध्य र पूर्वका अधिकांश भूभागमा र पश्विमीका केही भूभाग पू्र्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भईरहेको छ र बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहने छ। देशको मध्य र पूर्वका केही स्थान र पश्विमीका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना छ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि