बैशाख २६, २०८१, बुधबार
               

प्राधिकरणको सिस्टममा समस्या आएपछि देशभर आधा घण्टा विद्युत आपूर्ति बन्द

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सिस्टममा गडबढी भएपछि मंगलबार राति देशैभर विद्युत आपूर्ति अवरुद्ध भयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या आएकोले केही समय विद्युत आपूर्ति रोकिएको जानकारी दिए । उनले स्यूचाटारस्थित प्राधिकरणको सब स्टेशनमा सिस्टममा सुधार गरेपछि आपूर्ति नियमित भएको बताए ।

लकडाउनले उद्योगधन्दा बन्द भएको बेला लोक कम खपत भइरहेकोले पछिल्ला दिनमा प्राधिकरणमा विद्युत आपूर्तिमा समस्या देखिएको थिएन । तर मंगलबार राति करिव साढ ८ बजेदेखि २५ मिनेट आपूर्ति एकाएक बन्द भयो । आकाशमा विजुली चम्किरहेकोले मौसमी सजगता होला भन्ने अनुमान धेरैको थियो । तर समस्या प्राधिकरणको सिस्टममा आएको थियो ।

देशैभर असर गर्ने गरी प्राधिकरणको सिस्टममा समस्या आउँदा मर्मत र सुधार गर्ने केही समय लाग्ने गरेकाे छ । यसपटक आधा घण्टामै विद्युत आपूर्ति नियमित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि