मंसिर ०७, २०८१, शुक्रबार
               

विदेशबाट फर्किएको ४२  दिनपछि 'कोरोना पोजेटिभ' !

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

धादिङ । धादिङकाे ज्वालामुखी गाउॅँपालिका-३ का २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । उनी गत फागुन २० मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने तयारी भइरहेकाे गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सेनाले नेपाल फ्ल्यासलाई बताए । ‘उनमा कुनै लक्षण देखिएकाे छैन तर रिपोर्ट पोजेटिभ देखिएकाे हुँदा तयारीका साथ सदरमुकाम पठाउने तयारी भइरहेकाे छ,’ उनले थपे, ‘उनकाे स्वाब टेस्टकाे लागि  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइनेछ । थप रिपोर्ट आएपछि उनको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउँदैछौँ ।’

फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ । तर उनले आफू हेटौंडामा २ हप्ता बस्दा आफूले चर्को गर्मीमा गाईको मही पिएकोले सामान्य ज्वरो आएको भनेर स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठ वडाअध्यक्ष रुद्रमान श्रेष्ठलाई फर्काएका थिए । त्यसबेला परिक्षण गर्ने कुनै साधन नभएपछि वडाध्यक्ष र संयोजक त्यतिकै फर्किए थिए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार आफू हेटौडामा सेल्फ क्वारेन्टाइनमा १५ दिन बसेर आएकाे तथा ज्वरो पनि १०४ डिग्री नआएकाेले आफ्नै निगरानीमा राखिएकाे तर एक्कासी आरडिटीले पोजेटिभ देखाएकाे छ । र स्वाब परीक्षणमा पोजेटिभ आएमा उक्त टोलका ४० परिवारलाई क्वारेन्टाइनमा राख्नु पर्न् हुन्छ भने अहिले उक्त टोल नजिकका १८५ परिवार त्रसित रहेका वडाध्यक्ष रुद्रमान श्रेष्ठले बताए । 

आज उनकाे आरडिटी परीक्षणा गर्दा पोजेटिभ देखिएपछि सबै त्रसित बन्दा एम्बुलेन्स समेत नपाएकाे वडाध्यक्ष श्रेष्ठले बताए । एम्बुलेन्सका चालकले बोक्न नमानेपछि वडा नम्बर ३ काे बाइकमा एक्लै चढाएर सदरमुकाम लैजाने तयारी भइरहेकाे वडाध्यक्ष श्रेष्ठले बताए । साथै वडाध्यक्षसहित अन्य उनकाे निगरानी गर्ने टोली दूरी कायम गरेर अर्काे बाइकमा सदरमुकाम पुग्नेछ ।

 

 


कस्तो लाग्यो ?

यो पनि