मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउन बेला अत्यावश्यक सामानको नाममा कोइला आयात
भक्तपुरको सुडालमा स्थानीय बासिन्दा त्रसित

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले लकडाउन लागु गरेपछि अत्यावश्यक सामान खरिद गर्ने नाममा चाँगुनारायण नगरपालिका रहेका इटाभट्टाहरूमा कोइला आयात गराएका छन् । चार दिनअघि करिब ४५ वटा गाडीमा कोइला आयात गरिएको स्थानीय बासिन्दाहरुले बताएका छन् । चैत ३० गते एउटा ट्रक कोटेश्वर प्रहरीले बरामद गरे पनि पछि त्यसलाई पनि भक्तपुरनै पठाइदिइएको छ । लकडाउनको दुरुपयोग गरेर भट्टावालाहरुले कोइला आयात गराएको हुन् ।

प्रति भट्टाले ३ देखि ५ ट्रक कोइला भित्र्याएको छन् । स्थानीय वासिन्दाका अनुसार सात वटा इटाभट्टाले  एक पटकमा २४ र अर्को पटकमा २१ वटा ट्रकमा लुकाएर कोइला ल्याएको र कोइलासँगै भारतीय नागरिक पनि आएको भन्दै सुडालका स्थानीय वासिन्दाले विरोध गरेका छन् ।

स्रोतका अनुसार भारतीय कामदारहरूको संख्या २५० भन्दा बढी रहेको छ । वीरगञ्जबाट भैरहवाबाट ट्रकमा कोइला ल्याएको स्रोतले जनाएको छ । भारतीय ट्रकबाट नेपाली ट्रकमा “पल्टी मारेर” त्यो कोइला ल्यइएको रहेछ । सुरक्षा टोलीलाई सिलिकन र खाद्यान्न भनेर झुक्याएर कोइला ल्याइएको थिए ।

काठमाडौँमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बाहिरबाट आउने ट्रकको चेकजाँच गर्नुपर्नेमा उल्टै अत्यावश्यक सामानको नाममा छाड्न आदेश दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘कोटेश्वरमा त्यसमध्येको एउटा ट्रक कोइला बरामद गरेको थियो । अत्यावश्यक सामान बोक्ने मालवाहक साधनलाई छाड्ने आदेश आयो तर हामीले यसमा कोइला भएको र इट्टा भट्टाको लागि ल्याइएको जानकारी दिएका थियौँ । तर छाड्न भनियो’, प्रहरी स्रोतले भन्यो ।

‘२५० जनाको हाराहारीमा मानिसहरू नल्याइएको जस्तो गरेर कानमा तेल हालेर बस्ने सरकारी संयन्त्रको गम्भीरताको अर्थ बुझ्न सकेको छैन् । हामी लकडाउनमा बसेको बेलामा हेर्ने भनेको भट्टाको चिम्नीबाट धुँवा आइरहेछ कि छैन भनेर हो । यी भट्टाहरूले ईटा पोल्न छोडेका छैनन् । भट्टाको चिम्नीको धुँवाले त्यहाँ कामदारहरूले काम गरिरहेको देखाउँछ । स्थानीय सरकार, प्रहरी र प्रशासनले भट्टामा कसले र कसरी काम गरिरहेको छ, अनुगमन गरोस्’, चाँगुनारायण नगरपालिका एक स्थानीय वासिन्दाले भने । उनका अनुसार  २५० जना जति भारतीय मजदुर चाँगुनारायण ८ र ९ मा भित्रयाएको बारेमा स्थानीयहरू त्रसित बनेका छन् । सरकारले यो क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने उनको धारणा छन् ।

स्थानीयको विरोधपछि चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र, भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन श्रेष्ठ सुडाल पुगेका थिए । विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएको समयमा ईटा व्यवसायीले भने खाद्यान्न र औषधिजन्य उद्योगलाई अत्यावश्यक भन्दै कोइला ल्याएको देखिएको थियो । उनीहरुले सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड समेत पुरा गरेको देखिदैँन ।

नगरप्रमुख मिश्रले माथिल्लो तहदेखिको सेटिङ्गमा वीरगन्जबाट कोइला बोकेका ट्रक चाँगुनारायण आएका बताए । ‘सरकारको उच्चस्तरीय समितिको निर्णयमा नै त्रुटि भएको र ईटा उद्योगलाई अत्यावश्यक भन्ने बनाइएकोमा रहेछ’, उनले भने ‘मैले गृह सचिवज्यूसँग समेत गुनासो राखेको छु, गल्तीले उच्च स्तरीय समितिको बैठकमा ईटा उद्योग चलाउन दिने निर्णय घुसाइएको रहेछ’ नगरप्रमुख मिश्रले भने । सरकारले लकडाउन गरेको समय अत्यावश्यक वस्तुमात्र ढुवानी गर्न पाउने व्यवस्था छ । तर, सवारीको अगाडि खाद्यान्न र आल्मुनियम सल्फेट ढुवानीको पत्र टाँसेका ट्रक ईटा भट्टामा प्रयोग हुने कोइला बोकेर भक्तपुर आइपुेका थिए ।


कस्तो लाग्यो ?

यो पनि