कात्तिक ३०, २०८१, शुक्रबार
               

कैदीबन्दीद्वारा गाँस काटेर राहत हस्तान्तरण

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

कञ्चनपुर कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दीका कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तानरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् ।

आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामाग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा मार्फत् ६ क्वीन्टल चामल र ५० किलोग्राम नुन जिल्ला दैविप्रकोप उद्धार समितिलाई मंगलबार हस्तान्तरण गरेका हुन ।

“दुई क्वीन्टल चामल बिहान दाउरा र तरकारी ल्याउनेलाई वितरण गर्‍यौं ।” कैदीबन्दीका नाइके भीम भट्टले भने–“कारागार कोरोनाको उच्च जोखिममा रहेको कुरो प्रमुख जिल्ला अधिकारलाई ध्यानाकर्षण गराएका छौं ।” कैदीबन्दीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै कारागारको क्षमता भन्दा चार गुणा बढी रहेको जानकारी गराएका छन् ।

“सामाजिक दुरी समेत कायम गर्न सक्ने अवस्था कारागारमा छैन ।” नाइके भट्टले भने–“कोरोनाको सन्त्रासले झन समस्या भइरहेको छ ।”
यसैबीच सोमबार राति कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको सुन्दरपुर क्वारेन्टाइनको छतबाट हाम फालेर भागेका दुई जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक  रविन्द्र पौडेलले दुवै जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पुनः राखिएको जानकारी दिए ।

उक्त क्वारेन्टाइनमा २३ जना बस्दै आएका छन् । केही दिनअघि सोही क्वारेन्टान्मा रहेको एक जना ४१ वर्षीय युवकमा कोरोनाको सङक्रमण देखिएको थियो । “भागेकाहरुको खोजतलास गर्दा आफ्नै घर पछाडीको झाडीमा लुकीरहेको अवस्थामा भेटिए ।” उनले भने ।


कस्तो लाग्यो ?

यो पनि