जेठ ०४, २०८१, शुक्रबार
               

पेप्सीकोलाका दुई जनामा कोरोना संक्रमणको पुष्टि
एक जनाको रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

२८ दिनअघि बेलायतबाट आएका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । हिजो (सोमबार) कोरोनाको शंकामा उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।

सोमबार गरिएको र्यापिड टेष्टमा उनीहरुमा कोरोना संक्रमणको आशंका गरिएको थियो । त्यसलगत्तै सनसिटी अमार्टमेन्टलाई सिलबन्दी गरेर स्वाब संकलन गरिएको थियो । 

उनीहरु तीनजनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि