असोज ०६, २०८१, आइतबार
               

काठमडौंमा २६ वर्षीया युवतीको शव फेला

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा दुई जना महिलाको शव फेला परेको छ ।

काठमाडौं, कागेश्‍वरी मनहरा नगरपालिका–८ थिकल चोक बस्दै आएकी २६ वर्षीया अस्मिता तोलाङगी मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, सिन्धुली कोसीपारी गाउँपालिका–८ घर भएकी अस्मिता सोमबार राति खाना खाएर सुतेकी उनी मंगलबार बिहान मृत फेला परेकी हुन् ।

यसैबीच, ललितपुरको बागमती गाउँपालिका–२ बघुवापुलस्थित किनारमा करिब ५५ वर्षीया महिला सोमबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

उनको नाम, थर, वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि