असोज ०६, २०८१, आइतबार
               

लकडाउन थपबारे ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी देशमा लागू भइरहेको लकडाउन अझै लम्ब्याउने विषयमा मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको स्रोतले जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलगायत अन्य नियमित प्रस्तावमाथि पनि छलफल गर्ने स्रोतको भनाइ छ । सरकारले देशमा अन्तिमपटक थपेको लकडाउनको अवधि बुधबार अर्थात् भोली सकिँदैछ ।

देशमा कोरोना भाइरसका संक्रमित बढिरहेको र परीक्षणको दायरा अझै बढाउनुपर्ने भएकाले लकडाउन एकसाता लम्ब्याउन बैठक बस्न लागिएको हो । पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ जना पुगेको छ ।

जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्य संक्रमित १३ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरू सबैको अवस्था सामान्य रहेको छ । पछिल्लो ९ दिनसम्म नयाँ संक्रमित फेला परेका थिएनन् । आइतबार एकैदिन तीनजना र सोमबार दुईजना नयाँ संक्रमित थपिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि