असोज ०६, २०८१, आइतबार
               

नयाँ वर्षमा दीप बालेर कोरोनामुक्त पृथ्वीको कामना

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

कोरोनामुक्त विश्वको कामना गर्दै सोमबार गणेश चाेक, न्युकोलोनीमा दीप प्रज्वलन गरियो । आज मात्रै स्वागत गरिएको नयाँ वर्ष २०७७ को हरेक दिन स्वस्थ्य भएर भयरहित वातावरणमा बाँच्न पाउने कामनासहित सो अवसरमा ३ सय ६५ वटा दियो बालिएको थियो । सामाजिक दु्रीको पालना गरेर सोमबार दीप प्रज्वलन गर्दै स्थानीयवासीले कोरोनाको महामारीमुक्त पृथ्वी र यसका बासिन्दाको दीर्घायु र सुस्वास्थ्यको समेत कामना गरेका थिए ।

बुढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडास्थित सो कोलोनीको खेल स्थलमा आयोजना गरिएको कार्यक्रममा टोल सुधार समितिका सभापति सचेन्द्र ढुङ्गेलले कोरोनाबाट टाढा रहन व्यक्तिगत तथा सामूहिकरुपमा पहल गर्नुपर्ने बताए ।

सो अवसरमा स्थानीयले राष्ट्रिय गान गाउनुका साथै स्वस्ति वाचनसमेत गरेका थिए । सुरेन्द्र खड्काकाे सक्रियतामा आयाेजित कार्यक्रममा स्थानियमा हारती माताका रुपमा परिचित गुरु श्यामले पृथ्वी कै कल्याणका निमित्त पाठ गरेका थिए । साेही कार्यक्रममा स्थानीय बासिन्दाले सामाजिक दुरी कायम गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि