असोज ०६, २०८१, आइतबार
               

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा छन् गरेका ।

राष्ट्रियसभाका सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको घोषणा गरेका छन्  । प्रवक्ता श्रेष्ठले राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

उनले भने, 'हामी अहिले कोभिड– १९ र उत्पन्न सङ्कटको सामाना गरिरहेका छौँ । यसबेला एकताबद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ ।' प्रवक्ता श्रेष्ठ ट्वीटरमा अगाडि लेख्नुहुन्छ, 'यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।'

 


कस्तो लाग्यो ?

यो पनि