असोज ०६, २०८१, आइतबार
               

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ मुख्यमन्त्री शाही

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्यासित रुपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गरे ।

शुभकामना सन्देशमा उनले भनेका छन्, 'विश्व मानवजातिका विरुद्ध खडा भएको यो सङ्कटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित बनाउने छैन, बरु यो सङ्कटको सामना गर्न हामी सक्षम हुनेछौँ ।' प्रदेश सरकार सम्पूर्ण साधनस्रोत तथा संयन्त्रको परिचालनसहित सङ्कट निवारण गर्न लागिपरेकाले कोही पनि नागरिक त्रसित एवं निराश नहुन मुख्यमन्त्री शाहीले सन्देशमा उल्लेख गरेका छन ।

महामारीको रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबैले आआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्दै उनले सन्देशमा सबै बाधा, अवरोध र चुनौतीलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाइ समतामूलक, समृद्ध र समाजवादी देश निर्माण गर्न सफल हुने विश्वाससहित नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दिर्घायुको कामना गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि