असोज ०६, २०८१, आइतबार
               

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

रासस
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका २० वर्षीय ङिमा लामा र सोही ठाउँका २० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

पक्राउ परेका दुबै जनाको साथबाट  प्रदेश ३–०२–००९ प २०५९ नम्बर भएको नम्बर प्लेट दुई थान र ५१ हजार नगदसमेत बरामद भएको कार्कीले जानकारी दिए। आइतबार पक्राउ परेका उनीहरूको आज काठमाडौँ जिल्लाबाट म्याद थप गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।    

 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि