असोज ०६, २०८१, आइतबार
               

बागलुङमा र्‍यापिड टेस्ट गर्दा थप एक महिलाकाे रिपोर्ट शंकास्पद , थप परीक्षणका लागि पोखरा पठाइने

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

बाग्लुङ । बाग्लुङमा विदेशबाट फर्किएकाहरूको पहिचान गर्दै ८५८ जनाको र्‍यापिड टेस्ट एक महिलाको रिपोर्ट शंकास्पद (पोजेटिभ) देखिएपछि पुनः परीक्षणका लागि पोखरा पठाइएको छ ।

र्‍यापिड टेष्टका क्रममा शंकास्पद देखिएपछि महिलालाई काडेखोला गाउँपालिकाकाे क्वारेन्टिनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए । स्वाब परिक्षणको रिपोर्ट आएपछि कोरोना भएनभएको थप प्रष्ट हुने छ ।

आइतबार गरिएको नमुना परीक्षणमा एकजना महिलाको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हाे । जनस्वास्थ्य अधिकृत सुरज गुरौका अनुसार आरडिटीमा पोजेटिभ देखिए पनि पिसिआरबाट परिक्षण गरेर मात्रै कोरोना संक्रमण भए/नभएको भन्ने पुष्टि हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि