असोज ०६, २०८१, आइतबार
               

डुबेर एक विद्यार्थीको मृत्यु

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

खोटाङको हलेसी तुवाचुङ नगरपालिका– वडा नं. १ बाहुनीडाँडा खर्कबारीका १५ वर्षीय सविन राईको दुधकोसीमा डुबेर मृत्यु भएको छ । माछा मार्ने जाल थाप्नेक्रममा सोही जालमा बेरिएर नदीमा डुब्दा राईको मृत्यु भएको हो।

आइतबार ओखलढुङ्गा र खोटाङको सिमाना पर्ने सोक्माटार जोड्ने  झोलुंगेपुल मुनि मृत अवस्थामा फेला पारिएको वडा नं. १ का वडाध्यक्ष रुद्र राईले बताए ।

सविन ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा कक्षा ९ मा अध्ययनरत थिए। 


कस्तो लाग्यो ?

यो पनि