मंसिर ०७, २०८१, शुक्रबार
               

५७ हजार बढीले लकडाउन उल्लंघन गरे

नेपाल फ्ल्यास
चैत ३०, २०७६

सांकेतिक
ADVERTISEMENT

आज लक डाउन घोषणा भएको २० औं दिन पनि जारी रहेको छ । चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन आइतबार पनि जारी रहेको हो । 

शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार हालसम्म कूल ५७ हजार ३१३ जनाले उल्लंघन गरेको पाइएको छ । बिना काम सार्वजनिक स्थानमा गएको र आफूखुशी हिडेकालाई प्रहरीले पक्राउ गरेको हो ।

ती मध्ये ५७ हजार ३०२ जनालाई केही समय राखेर रिहा गरिएको छ । यस्तै ३२ हजार ७२४ वटा सवारी साधन समेत सो अवधिमा पक्राउ परेको छ । ती सवारीमध्ये २७ हजार ४४२ वटालाई छाडिएको छ । उहाँले लकडाउनको उल्लंघन नगर्न र कानूनको परिपालना गर्न समेत आग्रह गर्नुभयो ।

सिसिएमसीमा शान्ति सुरक्षाको सम्पूर्ण काम तथा विवरण भने गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ । देशका विभिन्न स्थानमा रहेका ४ हजार ४६ विदेशी पर्यटकलाई विभिन्न माध्यमबाट उद्धार गरी काठमाडौंसस ल्याई उनीहरुलाई स्वदेश फिर्ता गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि