असोज ०६, २०८१, आइतबार
               

पर्साको मस्जिदमा रहेका २६ जना क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्जको छपकैया क्षेत्रमा रहेका मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुलाई शनिबार बेलुका नियन्त्रणमा लिएर वीरगञ्जस्थित सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो ।

वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाको मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । 

कोरोना पोजेटिभ देखिएका तीनै जना (भारतीय नागरिक) जामे मस्जिदमै रहँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि