असोज ०६, २०८१, आइतबार
               

मनाङमा एकजना मात्र क्वारेन्टाइनमा: स्वास्थ्य सामग्री अभाव

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

कोभिड–१९ को जोखिम हुन नदिन  यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ ।

स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्केका एकजना मात्रै क्वारेन्टाइनमा रहेका छन् । 

यही चैत ९ गते घर फर्किएका भारत बोर्लाङमा अध्ययनरत विद्याथी क्वारेन्टाइनमा रहनु भएका मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङले जानकारी दिए । ती विद्यार्थीलाई हाल क्वारेन्टाइनमा राखिएको र थ्रोट स्वाब परीक्षणका लागि गण्डकी प्रदेशस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।
मनाङमा यसभन्दा अघि चारजनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । “दुबई, कतार, साउदी अरेवियाबाट फर्किनुभएका नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउँदा सामान्य रहे पश्चात् घर फर्किसक्नुभएको छ”, उनले भने । जिल्लामा रहनुभएका विदेशी नागरिकको स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको उनले जानकारी दिए ।

“अहिलेसम्म पनि औषधि र उपकरण आइपुगेको छैन, तर मनाङ ङिस्याङवासीका लागि स्वास्थ्यप्रति सचेत हुँदै स्वास्थ्यकर्मीहरु औषधि र उपकरणबिना नै भए पनि खटिनुभएको छ”, गाउँपालिका अध्यक्ष लोकन्द्रबहादुर घलेले भने, “औषधि र उपकरण चाँडै आइपुगे ढुक्क हुने थियो ।” जिल्लामा विदेशबाट आउने नागरिकको सङ्ख्या भने कम रहेको छ भने विदेशी पर्यटकसमेत रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि