असार ०५, २०८१, मंगलबार
               

लकडाउनले घरबासको कारोवार ठप्प

रासस
चैत २९, २०७६

ADVERTISEMENT

बर्दिया । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास  सुनसान छन् । दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् । बर्दियाका गुलरिया र  ठाकुरद्धारा पर्यटनलाई आधार बनाएर खुलेका एक हजार सुविधासम्पन्न घरबासको कारोवार पनि शून्यमा झरेको छ ।

लकडाउनले पर्यटकको आगमन नभएपछि अरबौँ लगानी गरेर सञ्चालनमा ल्याइएका बर्दिया, डल्लाका घरबास सञ्चालकहरू अहिले चिन्तित बनेको मधुवन नगरपालिका वडा नम्बर १ वडाध्यक्ष परशुराम थारुले बताए ।

बर्दियाको बारबर्दिया नगरपािलका ९ को सत्खुलवा र  ठाकुरबाबा नगरपालिका ५ गोविन्दपुरको घरबासको अवस्था पनि दयनीय बनेको छ । बर्दिया मात्र हैन, बाँकेको गाभरमा रहेको घरबासको अवस्था पनि टिठलाग्दो भएको सञ्चालक कृष्ण चौधरीले बताए ।

त्यसैगरी लकडाउनका कारण बर्दिया गुलरिया बजारका सानाठूला पसल, यातायात र  होटल व्यवसायीले ठूलो घाटा भोग्नुपर्ने अवस्था सिर्जना भएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु थारुले बताए ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि