असोज ०६, २०८१, आइतबार
               

इन्जिनियर्स एशोसिएसनले वाग्मती प्रदेशका जिल्लाहरूमा स्वाव संकलन बुथ निर्माण गर्ने

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश कार्यकारिणी समितिले वाग्मती प्रदेश अन्तर्गतका सबै जिल्लामा कोरोना संक्रमितको स्वाव संकलनका लागि ‘स्वाव संकलन बुथ’ निर्माण गर्ने भएको छ । समितिले अभियानलाई प्रभावकारी एवं पारदर्शी बनाउन एशोसिएसनका कोषाध्यक्ष ई.राजन थापाको संयोजकत्वमा सात सदस्यीय एनईए बाग्मती कोभिड १९ सहयोग समिति समेत गठन गरिएको छ ।  

नोबेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरूको स्वाव संकलनमा सरकारलाई सघाउने प्रयोजनले स्वाव संकलन बुथ निर्माण गरिन लागेको सहयोग समितिका संयोजक राजन थापाले जानकारी दिए । उनले सहयोग गर्न ईच्छुक इन्जिनियरहरूलाई एशोसिएसनको एनसीसी बैंकको कुपण्डोल शाखामा रहेको खाता नं. ०२२००००२०६४०१ मा सहयोग रकम जम्मा गरी सहयोग रसिद/भौचर एशोसिएसनको इमेलमार्फत पठाइदिन पनि अनुरोध गरे ।

‘स्वाव संकलन बुथ’ निर्माणका लागि वाग्मती प्रदेश कार्यकारिणी समितिका सभापति र उपसभापतिबाट जनही १० हजार, पदाधिकारीहरूबाट जनही ६ हजार, सदस्यहरूबाट जनही ३ हजार ५ सय रुपैयाँ गरी ७३ हजार रुपैयाँ संकलन भइसकेको जनाएकाे छ । 
कोभिड १९ विरुद्धको यस अभियानमा सहयोग गर्नुहुने इन्जिनियरहरूलाई पछि विशेष समारोह आयोजना गरेर सम्मान समेत गरिने नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश कार्यकारिणी समितिले जनाएको छ । 

यो पनि