असोज ०६, २०८१, आइतबार
               

जब एक घण्टासम्म उभ्याए

रासस
चैत २९, २०७६

ADVERTISEMENT

कैलाली । लकडाउन अवज्ञा गरी हिँड्नेलाई नियन्त्रणमा लिई (पहिलो पटक) प्रहरीले एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर छाडेको छ ।

लकडाउनको अवज्ञा गर्दै हिँड्ने धनगढी र अत्तरिया क्षेत्रका १०७ जनालाई एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर कोरोनाका सम्बन्धमा सचेतीकरण गर्दै छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि