असोज ०६, २०८१, आइतबार
               

लकडाउनमा के गर्दै छन् 'भलमन्सा'हरू ?

रासस
चैत २९, २०७६

ADVERTISEMENT

कैलाली । कैलालीको खैलाड गाउँका ‘भलमन्सा’ विजय महतो हाल लकडाउन भए पनि खेती गर्नेहरुलाई रोक्न नसकिएको बताए ।

चौधरी समुदायमा गाउँमा कुनै पनि समस्या सिर्जना हुँदा समाधानको पहल गर्दै गाउँको रेखदेख गर्न मुख्य पदको जिम्मेवारीमा ‘भलमन्सा’ चयन गर्ने प्रचलन सदियौँदेखि छ । तर यतिबेला कोरोनाको सन्त्रास बढिरहँदा गरिएको लकडाउनले कतिपय भलमन्साहरु फुर्सदिला पनि देखिन्छन् । ‘घुमफिर बन्द छ, उनले भने, यस्तो बेलामा गाउँमा देखिने सबै काम गरौँभन्दा पनि वातावरण मिलेको छैन ।'

सीमा क्षेत्रबाट नेपाल भित्रिनेहरुको विषयमा तत्काल वडाध्यक्ष र प्रहरीलाई खबर गर्ने भूमिका भने आफूले निर्वाह गरिरहेको उनले जानकारी दिए ।
'खैलाड क्षेत्रमा सीमाबाट हालै दुईजना भित्रिएकामा तत्काल प्रहरीलाई खबर गरेका थियाँ, उनले भने, गड्डाचौकी नाका हुँदै भित्रिने खैलाडका थप एकजना उतैको क्वारेन्टाइनमा बसेको सूचना आएको छ ।'

हसुलिया गाउँका पूर्व भलमन्सा रामबहादुर चौधरीको भूमिका लकडाउनका बाबजुद घटेको छैन । हसुलियाको दक्षिणमा रहेको सीमा नाकाबाट नेपाल भित्रिनेहरुको पालैपालो निगरानी गर्नका लागि गाउँका किसानलाई खटाउने गरिएको चौधरीले बताए ।

‘पालो आएपछि दुईजनाको समूहमा हसुलियाको बट्कामुढा सीमा नाकामा खटाउने गरिएको छ', उनले भने, 'यति बेला गहुँ बाली भित्र्याउने र सीमाबाट भित्रिनेहरुको निगरानी गर्ने काम सँगै भइरहेको छ ।'

जारी लकडाउनका कारण सबै गतिविधि ठप्प हुँदा किसानलाई गहुँबाली काट्न मजदूरको अभाव भएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि