असोज ०६, २०८१, आइतबार
               

२२ वर्षीया सुत्केरीको मृत्यु

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

डोल्पा । सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ । 

शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन् ।

असुरक्षित रूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिइन् ।

मृतक रोकायले तेस्रो बच्चालाई जन्म दिएकी थिइन् । छोरी (शिशु) को स्वास्थ र राम्रो भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि