असोज ०६, २०८१, आइतबार
               

कोरानाविरुद्ध सबै एक भएर लड्न आग्रह

रासस
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ ।

एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गरेको १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आ–आफ्नो तह र तप्काबाट एकअर्काको सहयोग गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा उनले लकडाउनका सयममा अदालतमा आंशिक काम भइरहेको हुँदा कानून व्यवसायी र समाचार सङ्कलन गर्ने सञ्चारकर्मीलाई नेपालभर आवतजावत गर्नुपर्ने हुँदा परिचयपत्रको आधारमा साधनसहित आवतजान गर्न दिनुपर्ने माग गरेका छन् ।

नयाँ वर्ष तथा सुदूरपश्चिम प्रदेशमा धार्मिक रीतिरिवाज तथा परम्पराका नाममा भीडभाड हुने गरी लकडाउन तोड्ने सम्भावनालाई कडा निगरानी गर्न र जाँचको दायरा बढाउन सरकारसँग माग गर्दै विज्ञप्तिमा भनिएको छ, 'कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन बनाइएको क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार बनाउन र परीक्षणका लागि जनचेतना जगाउने काममा जोड दिनुपर्छ ।'  

एशोसिएशनले लकडाउनको अवस्थामा घरमा बसेका नागरिकलाई पनि घरघरमा गएर स्वाब परीक्षण गर्ने वातावरणको व्यवस्था मिलाउन आग्रह गर्दै मास्क र स्यानिटाइजरलाई सर्वसुलभ बनाउन माग गरेको छ ।

कैदीबन्दीलाई आधारभूत स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न, सिमानामा अलपत्र परेकालाई व्यवस्थित तरिकाले नेपाल फर्कने वातावरण मिलाउन, राहत पारदर्शी तरिकाले वितरण गर्न, आपूर्ति व्यवस्थापन सहज गर्नलगायतका माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि