असोज ०६, २०८१, आइतबार
               

गोरु काट्ने दुई पक्राउ

रासस
चैत २९, २०७६

ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि