बैशाख २५, २०८१, मंगलबार
               

मेलम्चीमा १९ मजदुर अलपत्र

नेपाल फ्ल्यास
चैत २८, २०७६

मेलम्ची सुरुङ
ADVERTISEMENT

सडकको काममा मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् ।

गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि  ल्याइएका उनीहरू ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् ।

मेलम्ची १० मा बस्दैआएका उनीहरूको समूहमा दुई महिला र र १७ पुरुष छन् । अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन् । ‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपत्को समयमा सम्पर्कविहीन भएकाले अलपत्रमा परेका छौँ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भने, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ ।’ उनले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको पनि बताए । 

ठेकेदारका खोजीमा प्रहरी कार्यालयसम्म पुग्दा पनि केही नभएको उनीहरूको गुनासो छ । मेलम्ची १० का वडाध्यक्ष भक्तबहादुर कार्कीले उनीहरू अलपत्र परेकाले राहत दिने प्रक्रिया सुरु भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि