असोज ०६, २०८१, आइतबार
               

लकडाउन उल्लङ्घन गर्ने २ हजार बढी पक्राउ

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौंमा शुक्रबार लकडाउन उल्लङ्घन गर्ने २ हजार १ सय ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीकाअनुसार ४ सय ६१ महिलासहित नियन्त्रणमा लिइएकाे हाे । 

नियन्त्रणमा लिएकाहरूलाई प्रहरीले कोरोना संक्रमणको जोखिम र रोकथामसँगै नियन्त्रणका उपायबारे सचेतना जगाएको महागरीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । 
प्रहरीले आज ३ सय ७१ वटा दुई पाङ्ग्रे र १६ वटा चार पाङ्ग्रे गरी ३ सय ८८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।

सरकारले तेस्रो पटक थपेको लकडाउन आगामी बैशाख ३ गते सकिने छ। 


कस्तो लाग्यो ?

यो पनि