असोज ०६, २०८१, आइतबार
               

दैनिक १३ ट्याङ्करमार्फत कीटनाशक औषधि

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिडको सङ्क्रमण नियन्त्रणको लागि विभिन्न अस्पतालमा कीटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिएको छ । विश्वभरि फैलिएको महामारी नियन्त्रणको लागि कामपाले यही चैत १३ गतेदेखि उक्त औषधि प्रयोग गर्न थालेको हो ।

हालसम्म पनि उक्त कार्य निरन्तर चलिरहेको छ । यसअघि ३२ वटै वडामा औषधि छर्किसकेको कामपाले अहिले वीर, त्रिवि शिक्षण अस्पताललगायत कामपाका सबै अस्पतालमा केन्द्रित भएको छ । कामपाले हालसम्म ११ लाख लिटर औषधि प्रयोग गरिसकेको कामपाले जानकारी गराएको छ । 

कामपाका प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार अहिले १३ वटा ट्याङ्करमार्फत कीटनाशक ओषधि छर्किने काम भइरहेको छ । प्रयोगमा रहेकामध्ये ११ वटा काठमाडौँ उपत्यकामा र बाँकी तीन फोहर विर्सजन स्थन नुवाकोटको सिसडोलमा छर्किनका लागि दैनिक रुपमा प्रयोग भइरहेको प्रमुख ढकालले जानकारी दिए ।   

कामपाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलगायतमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको हो । यस क्रममा बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । यी स्थानमा कामपाले पुनः औषधि प्रयोग गर्ने भएको छ । 

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म छर्कने कामलाई शहरभरि पुर्‍याउने रणनीतिका आधारमा काम भइरहेको बताइएको छ । कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ । मानिसको भीडभाड बढी हुने स्थान भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन (कीटनाशक) औषधि छर्कने कामको शुरुआत भएको थियो । 

कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्दै लगेको हो । लकडाउनको दोस्रो दिन नै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्नुभयो । यससँगै कामपाले ब्रुमरबाट सडक सफा गर्ने काम पनि निरन्तर रूपमा गरिरहेको छ । 

यो पनि