असोज ०६, २०८१, आइतबार
               

६ गतेसम्म सबै अदालत बन्द, अभियुक्तको बयान आजैदेखि सुरु

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएसँगै देशभरका अदालतहरु पनि वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् । 

शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउन सकिएको ३ दिन अर्थात् चैत ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

यसअघि सरकारले पहिलो चरणमा चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले चैत २१ गतेसम्म देशैभरमा अदालत बन्द गर्ने निर्णय गरेको थियो । 

तर सरकारले लकडाउनको अवधि थप गरेपछि सर्वोच्च अदालतको पूर्ण वैठकले चैत २८ गतेसम्मका लागि अदालतका नियमित काम कारवाही बन्द गर्ने निर्णय गरेको थियो ।

तर चैत २४ गते बसेको मन्त्रीपरिषद् वैठकले लकडाउनको समय बढाएर चैत ३ गतेसम्म हुने निर्णय गरेपछि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण वैठकले लकडाउनको हालको अवधि अर्थात् चैत ३ गते रातिबाट त्यसको ३ दिनपछि सम्म अर्थात् चैत ६ गतेसम्म देशैभरका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

लकडाउन खुलेपछि पनि अन्य व्यवस्थापकीय कामहरु मिलाउनु पर्ने भन्दै लकडाउन खुलेको ३ दिनपछिबाट मात्रै अदालतको नियमित काम कारवाही अगाडि बढ्ने सर्वोच्चको पूर्ण वैठकले निर्णय गरेको हो ।

यदि सरकारले लकडाउनको अवधि बढाएको खण्डमा त्यसै अनुरुप अदालत पनि बन्द रहने र लकडाउन खुलेको ३ दिनपछि मात्रै अदालतको नियमित काम कारवाही सुरु हुने विज्ञप्तिमा उल्लेख छ ।

अदालतले यसअघि अभियोग पत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थपको कार्य स्थगन र बन्द गराएकामा आजबाट भने ती कामलाई निरन्तरता दिने जनाएको छ ।

लकडाउनको समय बढ्दै गएको र अनुसन्धान सकिएर पनि अभियोग दर्ता गर्न नपाइ हिरासतमै बस्नुपर्ने बाध्यता बढेको भन्दै अदालतले अब यी कार्यलाई नियमितता दिने निर्णय गरेको हो । 

हिरासतमा रहेका व्यक्तिहरुको वैयक्तिक स्वतन्त्रता र सुरक्षित जीवनको हक हनन हुनसक्ने भन्दै आजैबाट म्याद थप गर्ने, अभियोग पत्र दर्ता गर्ने, पक्राउ परेका व्यक्तिहरको बयान लिने र थुनछेक बहस गर्ने कार्य सुरु गरिएको सर्वोच्चले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि