असोज ०६, २०८१, आइतबार
               

विपद् व्यवस्थापन कोषलाई पिनको सहयोग

रासस
चैत २८, २०७६

ADVERTISEMENT

सुर्खेत । प्रोगेसिभ इन्जिनियरिङ एसोसिएन नेपाल (पिन)ले प्रदेश विपद् व्यवस्थापन कोषलाई ९० हजार सहयोग गरेको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारद्वारा स्थापित कोषमा पिनले आर्थिक सहयोग प्रदान गरेको हो ।

पिनका कर्णाली प्रदेश अध्यक्ष रामचन्द्र विसीले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सो रकमको चेक हस्तान्तरण गरे । उनले कोभिड–१९ विरुद्धका प्रतिकार्य अभियानमा ऐक्यबद्धता जनाउन आर्थिक सहयोग गरेको बताए ।

'प्रदेश सरकारले कोभिड–१९ भित्रिन नदिन अपनाएको सजगता, सम्भावित बिरामीको परीक्षण तथा उपचारका लागि गरेको काम प्रशंसनीय छ', अध्यक्ष विसीले भने, 'सङ्कटको यस घडीमा हामी पनि प्रदेश सरकारकै साथमा छौँ, सरकारलाई भविष्यमा थप सहयोग गर्न तयार छौँ ।'

यसैबीच, देउती नागरिक यातायात प्रालिले आफ्ना कर्मचारी र नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखालाई राहतस्वरुप खाद्यय सामग्री वितरण गरेको छ ।

प्रालिले आफ्ना २० जना कर्मचारीलाई प्रतिव्यक्ति एक हजार ५०० नगदसहित ५० केजी चामल तथा पत्रकार महासङ्घलाई २५ केजीका ३० बोरा चामल, १५० क्विन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नुन प्रदान गर्‍याे ।

महासङ्घ सुर्खेत शाखाले वीरेन्द्रनगरमा कोठा भाडामा बस्ने ३० जना स्ट्रिङ्गर (स्थानीय समाचारदाता) लाई उक्त राहत प्रदान गरेको हो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि