असोज ०६, २०८१, आइतबार
               

टेलिफोन संवादपछि प्रधानमन्त्री ओली र मोदीको यस्तो ट्विट

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

शुक्रबार मोदीसँग टेलिफोन संवाद भएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका छन् । 

मोदीसँगको संवादमा कोरोना भाइरस (कोभिड १९) को विषयमा कुराकानी भएको ओलीले जानकारी दिएका छन् ।

'कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं ।' प्रधानमन्त्रीले ट्विट गरेका छन्, 'लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।'

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा समेत छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मोदीलाई धन्यवाद दिएको ओलीले जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालका प्रधानमन्त्रीसँग टेलिफोन संवाद भएको जानकारी दिएका छन् ।

कोरोना भाइरसविरुद्धको लडाइँमा नेपालीको दृढ संकल्पको मोदीले सराहना समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि