असोज ०६, २०८१, आइतबार
               

आठ हजार परिवारलाई राहत वितरण

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

सङ्घीय सरकारले ‘लकडाउन’को घोषणा गरेलगत्तै मकवानपुरका आठ गाउँपालिकामध्ये अहिले पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी आजसम्ममा सात हजार ९०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
 
केही गाउँपालिकामध्ये मनहरी, कैलाश, राक्सिराङ, इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिकाले क्रमशः खाद्यान्न वितरण गर्दै गइरहेको र बाँकी क्रम पनि आगामी वैशाख ३ गतेसम्ममा वितरण गरिसकिने लक्ष्य राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ खुलालले बताए ।

यसैगरी बाग्मती, बकैया र भीमफेदी गाउँपालिकाले पनि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने परिवारको तथ्याङ्क लिने कार्य सम्पन्न गरेको भए पनि खाद्यान्न वितरणका लागि खाद्यान्न खरिदको प्रक्रियामा रहेको र दुई दिनभित्रै सम्बन्धित घरपरिवारलाई खाद्यान्न उपलब्ध गराइने भीमफेदीका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाको वडा नं १ देखि १९ सम्ममा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने परिवारको तथ्याङ्क लिने कार्य भइरहेको भए पनि सम्बन्धित वडामार्फत् खाद्यान्न वितरण गर्न वडाध्यक्षलाई जिम्मा लगाइसकिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी आजसम्ममा बाहिर रोजगारीबाट फर्किआएका एक हजार १५५ व्यक्तिलाई होम क्वारेन्टाइनमा राखी चिकित्सकको निगरानीमा राखिएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि