काठमाडौं । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरूलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरूले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेकाे हाे ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरूको बैठकले उपत्यकामा रोकिएकाहरूलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो ।
तर प्रदेश सरकारहरूले विरोध गरे । साथै गृह मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको हाे ।