असोज ०६, २०८१, आइतबार
               

सर्वसाधारणलाई काठमाडौं बाहिर जान दिने सरकारको निर्णय

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले शुक्रबार र शनिबार सर्वसाधारणलाई काठमाडौं उपत्यका बाहिर जान दिने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई काठमाडौं बाहिर जान दिइने भएको हो ।

तर, उपत्यका बाहिरबाट काठमाडौं आउन भने दिइने छैन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले दुई दिन (शुक्रबार र शनिबार) सर्वसाधारणलाई उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढिरहेको छ ।

काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने बैठकले निर्णय गरेको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि