असोज ०६, २०८१, आइतबार
               

मृतावस्थामा युवक फेला

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् ।  

स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।  

झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज मृतावस्थामा फेला परेको उहनको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि  परिवारको जिम्मा लगाइने पनि उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि