असोज ०६, २०८१, आइतबार
               

२४ घण्टामा ५ सय ७० जनाकाे परीक्षण

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

सरकारले २४ घण्टाभित्र कोरोनाकाे नमूना परीक्षण गरेकाे सबैकाे रिपोर्ट नेगेटिभ आएकाे जनाएकाे छ ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जनाएका हुन् । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा स्वावको नमुना संकलन गरिएका ५ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको बताए ।

बुधबारसम्म २ हजार ३ सय ६६ वटा परीक्षण भएका छन् । उपत्यकामा १ हजार ९ सय ६५ वटा र उपत्यका बाहिर ४ सय १ जनामा परीक्षण गरिएको उनले बताए । मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ८ जना उपचाररत रहेका छन् । उपचाररत रहेका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरलाई कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ । 

सरकारले परीक्षणको दायरा बढाएको छ । कैलाली र कञ्चनपुरबाट मात्रै १ सय ९८ जनाको र्‍यनपिड किट र स्वावको नमुना संकलन गरिएको छ । अछाम, जुम्ला र सुर्खेत लगायतका जिल्लाबाट ८ सय २ वटा नमुना संकलन गरिएको प्रवक्ता डा. देवकोटाले बताए । दिपायलमा बुधबार ३ सय भन्दा बढी नमुना संकलन गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको छ ।

उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ गरी बुधबारसम्म १ सय ३४ जना आइसोलेसनमा रहेका छन् । ८ हजार ५ सय ८० जना क्वारेन्टाइन्मा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि