असोज ०६, २०८१, आइतबार
               

अस्पताल नजाने ५ चिकित्सकलाई जागिरबाट हटाइयो

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणको डरले अस्पताल नजाने चिकित्सकलाई प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले जागिरबाट हटाएकाे छ।

कोरोनाको महामारीको अवस्थामा अस्पतालमा गएर सेवा दिनुपर्ने चिकित्सक काममा नियमित नगएपछि मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट हटाएकाे हाे ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली, डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, न्युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई कारबाही स्वरुप सेवाबाट हटाइए छ ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीको समयमा पनि सेवामा नखटिने चिकित्सकलाई कारबाही गर्न निर्देशन दिएको बताए ।


कस्तो लाग्यो ?

यो पनि