जेठ ०४, २०८१, शुक्रबार
               

कपिलवस्तुमा एक युवकको मृत्यु

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण आशंकामा उनी अस्पताल भर्ना भएका थिए ।

शुक्रबारदेखि उनी अस्पतालको आइसोलेसनमा थिए ।

कपिलवस्तु विजयनगर गाउँपालिका–२, जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, उनको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ ।

उनको रिपोर्ट आउन बाँकी रहेको कपिलवस्तु अस्पतालका चिकित्सकले बताएका छन्।

रिपार्ट आएपछि शवलाई परिवारको जिम्मा लगाइने अस्पतालले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि