असोज ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो

नेपाल फ्ल्यास
चैत २४, २०७६

सांकेतिक
ADVERTISEMENT

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरूलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो । 

यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्‍याउने गरी आज पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए । उनले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कूल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिए ।

घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताए । उनीहरूलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि