असोज ०६, २०८१, आइतबार
               

१० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

सरकारकाले देशभरका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ

काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेसनमा रहेका छन् । देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ । राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् ।

यसैगरी नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पलताको अनुगमन गरेको छ । वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो । कोरोना भाइरससँग सम्बन्धित सेवाहरू, जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो । सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११ औ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिइएको छ । प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि