असोज ०६, २०८१, आइतबार
               

धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौं महानगरपालिका  ४  मा २४ बेडको क्वारेन्टाइन बनाइएको छ । नेपाली सेना भैरवनाथ गणले धुम्बाराहीस्थित बागमति स्कुलमा २४ बेडको क्वारेन्टाइन बनाएको हो । जसमा १५ पुरुष र ९ महिला राख्न सकिने छ । क्वारेन्टाइनमा डाक्टर, नर्स र एम्बुलेन्स पनि राखिएको छ । कोरोना भाइरसको शङ्का लागेका बिरामीका लागि क्वारेन्टाइन बनाइएको हो ।

‘अहिलेलाई २४ बेडको भए पनि आवश्यक परेमा १ सय जनासम्म राख्न सकिन्छ,’ प्रदेश सांसद नारायण सिलवालले, ‘क्वारेन्टाइनमा डाक्टर र एम्बुलेन्ससहितको टोली राखिएको छ ।’ कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टाइन बनाइएको उनले बताए ।

‘कोरोना भाइरसको आशङ्का भएका व्यक्तिलाई सुरुमा उसको हिस्ट्री तयार पार्ने, अनि क्वारेन्टाइन वा आइसोलेसनमा राखेर परीक्षण गर्ने र आवश्यक परे अस्पताल लैजाने व्यवस्था गरिएको छ,’ सांसद सिलवालले भने । क्वारेन्टाइनका लागि बाग्मती स्कुलका प्रिन्सिपल सुरेन्द्र सिटौलाले ठाउँ उपलब्ध गराएका हुन् । क्वारेन्टाइनका लागि आवश्यक सहयोग गर्ने वडाध्यक्ष मोहन विष्टले बताए ।

१ हजार ९ सयलाई राहत वितरण
लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदुरलाई काठमाडौं महानगरपालिका ४ ले राहत वितरण पनि गरेको छ । ज्यालामा काम गर्ने मजदुरका लागि राहत वितरण गरिएको वडाध्यक्ष विष्टले बताए  । प्रदेश सांसद  नारायण सिलवालको संयोजनमा १ हजार ९ सयलाई राहत वितरण गरिएको हो । महानगरपालिकाले पनि ३२ वटै वडामा राहत सामग्री वितरण गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि