मंसिर ०७, २०८१, शुक्रबार
               

भारतबाट नियमित भित्रिँदै खाद्यान्न र ग्यास बोकेका गाडी

रासस
चैत २४, २०७६

ADVERTISEMENT

महोत्तरी । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्यान्न सामग्री र इन्धन बोकेका करिब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगन्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २०  गाडी, पेट्रोलियम पदार्थ बोकेका ७०  ट्याङ्कर, खाना पकाउने एलपिजी ग्यासका ५३  र मालवाहक ट्रक १७  भित्रिएको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए ।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए ।

यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रूपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ ।

दुई हजार सवारी साधन नियन्त्रित

धनुषा । अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने दुई हजार १३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारबाही गरिएको  छ । त्यस्तै प्रदेश २का १४२ क्वारेन्टाइनमा आइतबारसम्म ८६५ जना क्वारेन्टाइनमा, एक हजार ८० जना होम क्वारेन्टाइनमा र २७ जना आइसोलेशनमा बसेको सचिव घिमिरेले बताए ।

आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ । तीमध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि