असोज ०६, २०८१, आइतबार
               

कोरोना रोकथामकाे कामनासहित सामुहिक दीप प्रज्वलन

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे गणेश चाेकस्थित न्यु काेलनी टाेल सुधार समितिले कोरोना भाइरसबाट विश्व मुक्त हाेस् भन्ने कामनासिहत दीप प्रज्वलन गरेकाे छ । 

न्यु काेलनी टाेल सुधार समितिले आइतबार साँझ दियाे प्रज्वलित गर्दै काेराेना भाइरसबाट आक्रान्त विश्व याे राेगबाट मुक्त हाेस् भन्ने कामना गरेकाे हाे  टोल सुधार समितिका अध्यक्ष सचेन्द्र ढुंगेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वस्ति वाचन पनि गरिएकाे थियाे ।

बुढानिलकण्ठ नगरपालिकाकाे गणेश चाेकस्थित न्यु काेलनी टाेल सुधार समितिकाे बाडमिण्टन काेर्टमा आयाेजित कार्यक्रममा स्थानीयलाई सरकारद्वारा घाेषित लकडाउनलाई सहयाेग गर्न अपिल पनि गरिएकाे थियाे । कार्यक्रममा विश्व काेराेना भाइरसबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गरियाे ।


कस्तो लाग्यो ?

यो पनि