जेठ ०६, २०८१, आइतबार
               

आजको मौसमः पहाडी भूभागमा चट्याङ सहित वर्षा

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले (आइतबार बिहान) देशका पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही वाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदली भई पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना छ। 

देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

त्यस्तै आज राति देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ। 


कस्तो लाग्यो ?

यो पनि