मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध एक करोड सहयोग

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली रोटरियनहरूले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक  सामान पनि उपलब्ध गराइने प्रतिबद्धता रोटरी इण्टरनेशनल गभर्नर डिष्ट्रिक ३२९२  किरणलाल श्रेष्ठले गरेका छन् । 

नेपालका विभिन्न स्थानमा रहेका १२४ क्लबका रोटरियनहरूले स्थानीयस्तरमा मास्क, खाद्यान्न,  पिपिई, स्यानिटाइजर र कीटनाशक औषधि वितरण एवं सार्वजनिकस्थलमा हात धुने स्थान निर्माण तथा स्थानीय सरकारसँग मिलेर आइसोलेशन वार्ड र कोरोना सूचना केन्द्र निर्माण गरिरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि